Monday, February 13, 2012

GAZAL



जीवन त म हारेको छैन।
एक थोपा आँशु झारेको छैन।
दु:ख त मेरो परिचय भो।
त्यै पनि मन मारेको छैन।


चोट त छ... म भित्र भित्र।
रुन त तिम्लाइ पारेको छैन।
पस्नु है घर यै बाटो हिड्दा।
आगन त मैले बारेको छैन।


यो भन चाहे त्यो भन तिमि।
कुरा त तिम्रो टारेको छैन।
जीवन त म हारेको छैन।
एक थोपा आँशु झारेको छैन।

Saturday, July 2, 2011

मन पराए तिमिलाई।


मज्जा ले बोल्छौ र त मन पराए तिमिलाई।
मनको कुरा खोल्छौ र त मन पराए तिमिलाई।

खोइ के छ कुन्नी तिम्रो बोली अनी रुपमा।
माया मुस्कान घोल्छौ र त मन पराए तिमिलाइ।

जहाँ जान्छु जता जान्छु तिम्रो याद् ले पोलिरन्छ।
माया ले नै त पोल्छौ र त मन पराए तिमिलाइ।

मज्जा ले बोल्छौ र त मन पराए तिमिलाई।
मनको कुरा खोल्छौ र त मन पराए तिमिलाई।

Monday, June 13, 2011

GAZAL


जब आफ्नो मान्छे हरु, पर सर्दै जान्छ अनि।
पलाए का आशा पनि, त्यसै मर्दै जान्छ अनि।


आफू सँग सबथोक हुँदा सबै जना आफ्ना हुने।
जब रित्तो भयो आफु, भाग्य हर्दै जान्छ अनी।


सोझो मनले सबैलाई आफ्नो मान्दै बस्दा पनि।
स्वार्थ हेर्छ पूरा गर्छ घात् गर्दै जान्छ अनि।


केही गरु केही बनु भनि अघि बढ्न खोजे।
माछो माछो भ्यागुतो झै बेला टर्दै जान्छ अनि।


जब आफ्नो मान्छे हरु, पर सर्दै जान्छ अनि।
पलाए का आशा पनि, त्यसै मर्दै जान्छ अनि।

Tuesday, May 31, 2011

GAZAL


नाम भन्दा बद्नाम कमाएर गएउ तिमि।
दु:ख पिडा मलाई नै थमाएर गएउ तिमि।

परिस्तिथी यस्तो थ्यो तिम्रो साथ मागे मैले।
मलाईनै छोडी उसलाई समाएर गएउ तिमि।

मुटु पोली पिडाले तिमी सँग रोइरहदा।
खुशी भएउ क्यारे सायद् रमाएर गएउ तिमि।

एक्लोपनले दिन रात तिम्रो याद मा बिताउदा।
पाएउ क्यारे मिल्ने जोडी जमाएर गएउ तिमि।

नाम भन्दा बद्नाम कमाएर गएउ तिमि।
दु:ख पिडा मलाई नै थमाएर गएउ तिमि।




Thursday, May 12, 2011

GAZAL


जति सक्छौ लुट तिमी, लुट्ने को देश हो यो।
आफू फुट फूटाउ तिमी, फुट्ने को देश हो यो।

बिर्सिदेउ बुद्ध का ति शान्ति दिने ज्ञान हरु।
अरु कुट्छन कुट तिमी, कुट्ने को देश हो यो।

अपराधी खुलेयाम छ पर्ने सधैं निर्दोस जेल मा।
कालो धन्दा गर तिमि, दोशी छुट्ने देश हो यो।

कमाउनु छ पैसा भने राम्रो बाटो छोडिदिनु।
समुह मा जानु तिमि, ग्याङ जुट्ने देश हो यो।

जति सक्छौ लुट तिमी, लुट्ने को देश हो यो।
आफू फुट फूटाउ तिमी, फुट्ने को देश हो यो।

Friday, May 6, 2011

आमा


सानो छ्दा लड्न खोजे हात तिम्ले दिन्थ्यौ आमा।
गल्ति मैले गर्दा पनि दोश आफै लीन्थ्यौ आमा।।

मलाई भोक लाग्यो भनि तिमी सँग कराउदा।
नखाइ नखाइ भए पनि मलाई खान दिन्थ्यौ आमा।।

अनयासै आसु बग्छ बिगत् का ती कुरा सम्झि।
बजार घुम्न जादा मैले जे भनेनी किन्थ्यौ आमा।।

न त तिम्रो माया बुझे जब तिम्रो नजिक थिए।
गाली गर्थे रिसाउथेँ तर मलाई चिन्थ्यौ आमा।।

सानो छ्दा लड्न खोजे हात तिम्ले दिन्थ्यौ आमा।
गल्ति मैले गर्दा पनि दोश आफै लीन्थ्यौ आमा।।






Monday, April 25, 2011

GAZAL

हिजो भेट्दा बाटो मा बोली तिम्रो मन्द थियो।
के भो भनि बुज्न खोजे फोन तिम्रो बन्द थियो।

हराए थे दुई चार दिन आफ्नै बिबश्ता ले गर्दा।
त्यही भएर होला तिमी रिसाएको गन्द थियो।

जति राम्रो रुप देखे उति मिठास बोली तिम्रो।
पागल शरी माया गरे मुटु त्यसै खन्ड थियो।

कस्तो कुरा गर्ने तिमी लाग्थ्यो मेरो संसार हौ कि।
आफू भने अनपड जस्तो न त बोल्ने छन्द थियो।


हिजो भेट्दा बाटो मा बोली तिम्रो मन्द थियो।
के भो भनि बुज्न खोजे फोन तिम्रो बन्द थियो

Friday, February 25, 2011

GAZAL


दु:ख पिडा लुकाएर मैले हास्नु पर्ने किन?
पल पल तिम्ले चोट दिदा मैले बाच्नु पर्ने किन?

समयको खेल भनु की दैबको यो ठुलो झेल।
तिम्ले मुटु चुडाउदा मैले गास्नु पर्ने किन?

यो गर् भनेउ त्यो गर् भनेउ सबै मैले मानेको थे
सधैं भरी कत्पुतली झै मैले नाच्नु पर्ने किन?

जान भन टाढा बरु कहिल्यै सामु नपरुला।
तिम्रो खुशी देख्न मुटु मैले तास्नु पर्ने किन?

दु:ख पिडा लुकाएर मैले हास्नु पर्ने किन?
पल पल तिम्ले चोट दिदा मैले बाच्नु पर्ने किन?

Sunday, January 16, 2011

GAZAL

उसैको सम्झना मा


तिम्लाइ खुशी लाग्छ होला आँशु मेरो झर्दा खेरि।
बाच्ने साहस बड्छ होला तड्पी तड्पी मर्दा खेरि।।

जानिन की मानिन की तिम्रो माया बुज्न लाइ।
झिजो तिम्लाइ लाग्छ होला मिठो कुरा गर्दा खेरि।।

कुन्नी के थ्यो तिम्रो चाह मनै भित्र लुकाइ राखेउ।
सुखी तिमी हुन्छौ होला मलाई दु:ख पर्दा खेरि।।

बचनका ती तिम्रा बाण ले मुटु भरी छिया हुँदा।
शान्ति तिम्लाइ मिल्छ होला नुन चुक छर्दा खेरि।।

मैलै गरे होला पाप तिम्रो केही गल्ती छैन।
स्वोर्ग तिम्ले तर्दै गर्नु मैले नर्क तर्दा खेरि।

तिम्लाइ खुशी लाग्छ होला आँशु मेरो झर्दा खेरि।
बाच्ने साहस बड्छ होला तड्पी तड्पी मर्दा खेरि।।

Sunday, December 19, 2010

gazal

कुर्ची पाछौ सत्ता पाछौ आफ्नै दु:ख जान्छौ नेता।
बिदेशी कुरा सुन्छौ तिमी, उन्कै कुरा मान्छौ नेता।

नाताबाद र क्रिपाबाद ले मौलाएको हाम्रो देश मा।
योग्य मान्छे पर राखी आफ्नै मान्छे छान्छौ नेता।

कर्णालीको भुक्मरीलाई भासण मा नै थाती राखि।
मीठा मीठा खाने कुरा आफु मात्र खान्छौ नेता।

बिदेसिनु बाध्यता हो रहर हुन्न कसैको को नि।
अन्धकार मा देश लाई लगी आफै ठुलो ठान्छौ नेता।

कुर्ची पाछौ सत्ता पाछौ आफ्नै दु:ख जान्छौ नेता।
बिदेशी कुरा सुन्छौ तिमी, उन्कै कुरा मान्छौ नेता।

Saturday, December 4, 2010

GAZAL

आकाश छानो ओछ्यान जमिन ठुलै घर पाएको छु।
तिमी फाल्छौ भोक लाग्छ त्येसैलाई म खाएको छु।

छैन लुगा छैन चप्पल बोरा साथी बनेकै छ।
सडक छेउमै सुती दिन्छु खाते नाम ले छाएको छु।

न त मेरो आफ्नो नाम छ न त कुनै परिचय।
मात्र एउटा साथी मेरो उसैलाई प्रित लाएको छु।

सुन्दैन कोइ मेरो चित्कार आवाज सानो भयो की त?
दुख्छ घाऊ पोल्छ मुटु पिडा को गीत गाएको छु।

आकाश छानो ओछ्यान जमिन ठुलै घर पाएको छु।
तिमी फाल्छौ भोक लाग्छ त्येसैलाई म खाएको छु।