Saturday, February 27, 2010

मात्र तिम्रो याद मा।

आँखा त्यसै रसाइदियो जब तिम्रो याद आयो।
लाग्यो मनमा किन आज दिउसै यस्तो रात छायो।
किन किन एक्लो ठान्छु साथी हरु को माझ मा पनि।
यादै याद को पिडा ले नै मेरो आज मुटु खायो।
आँखा त्यसै रसाइदियो जब तिम्रो याद आयो।
एक्लै हास्छु घरी घरी पुरानो ती कुरा सम्झी।
अनि सोच्छु आखिर मा यो जीवन ले के नै पायो।
आँखा त्यसै रसाइदियो जब तिम्रो याद आयो।
लाग्यो मनमा किन आज दिउसै यस्तो रात छायो।