Tuesday, August 24, 2010

गजल

सोचेको थे जिन्दगीमा मेरो दु:ख पार भयो।
दुई थियो पहिले बरु अहिले झन चार भयो।

हिड्दै थिए बाटो को त्यो बाधाहरु हटाएर।
समयले धोका दियो त्यहि काडे तार भयो।

सपनीमै रैछु म त बल्ल तल्ल बिउझेको छु।
मेरो जीवन नलाग्ने खुकुरी को धार भयो।

सकिएन जीवनलाई सम्झौता ले बाधी राख्न।
हार भा'को यो जिन्दगी आफैलाई भार भयो।

सोचेको थे जिन्दगीमा मेरो दु:ख पार भयो।
दुई थियो पहिले बरु अहिले झन चार भयो।