Friday, March 5, 2010

तिमी सधैं बाची राख

चोट जति मलाई परोस तिमि सधै हाँसी राख।
म मर्ने छु पल पल बरु तिमि सधै बाची राख ।
दुख पर्दा आवाज संगै ठुलो स्वर मा म रोइदिन्छु ।
त्यहिँ रुवाइलाई गीत सम्झी तिमि सधै नाची राख ।
प्रयास गर्छु जोड्नलाई बिगत का ति कथाहरु।
कहिले काहीं मेरो कथा तिमि आफै जाची राख ।
तिम्लाई सम्झी रोइदिउला कहिलेकाही एक्लै हुदा ।
भाचिएको यो मन लाई तिमि अझै भाची राख ।
चोट जति मलाई परोस तिमि सधै हाँसी राख।
म मर्ने छु पल पल बरु तिमि सधै बाची राख ।