Tuesday, May 31, 2011

GAZAL


नाम भन्दा बद्नाम कमाएर गएउ तिमि।
दु:ख पिडा मलाई नै थमाएर गएउ तिमि।

परिस्तिथी यस्तो थ्यो तिम्रो साथ मागे मैले।
मलाईनै छोडी उसलाई समाएर गएउ तिमि।

मुटु पोली पिडाले तिमी सँग रोइरहदा।
खुशी भएउ क्यारे सायद् रमाएर गएउ तिमि।

एक्लोपनले दिन रात तिम्रो याद मा बिताउदा।
पाएउ क्यारे मिल्ने जोडी जमाएर गएउ तिमि।

नाम भन्दा बद्नाम कमाएर गएउ तिमि।
दु:ख पिडा मलाई नै थमाएर गएउ तिमि।




Thursday, May 12, 2011

GAZAL


जति सक्छौ लुट तिमी, लुट्ने को देश हो यो।
आफू फुट फूटाउ तिमी, फुट्ने को देश हो यो।

बिर्सिदेउ बुद्ध का ति शान्ति दिने ज्ञान हरु।
अरु कुट्छन कुट तिमी, कुट्ने को देश हो यो।

अपराधी खुलेयाम छ पर्ने सधैं निर्दोस जेल मा।
कालो धन्दा गर तिमि, दोशी छुट्ने देश हो यो।

कमाउनु छ पैसा भने राम्रो बाटो छोडिदिनु।
समुह मा जानु तिमि, ग्याङ जुट्ने देश हो यो।

जति सक्छौ लुट तिमी, लुट्ने को देश हो यो।
आफू फुट फूटाउ तिमी, फुट्ने को देश हो यो।

Friday, May 6, 2011

आमा


सानो छ्दा लड्न खोजे हात तिम्ले दिन्थ्यौ आमा।
गल्ति मैले गर्दा पनि दोश आफै लीन्थ्यौ आमा।।

मलाई भोक लाग्यो भनि तिमी सँग कराउदा।
नखाइ नखाइ भए पनि मलाई खान दिन्थ्यौ आमा।।

अनयासै आसु बग्छ बिगत् का ती कुरा सम्झि।
बजार घुम्न जादा मैले जे भनेनी किन्थ्यौ आमा।।

न त तिम्रो माया बुझे जब तिम्रो नजिक थिए।
गाली गर्थे रिसाउथेँ तर मलाई चिन्थ्यौ आमा।।

सानो छ्दा लड्न खोजे हात तिम्ले दिन्थ्यौ आमा।
गल्ति मैले गर्दा पनि दोश आफै लीन्थ्यौ आमा।।