जब आफ्नो मान्छे हरु, पर सर्दै जान्छ अनि।
पलाए का आशा पनि, त्यसै मर्दै जान्छ अनि।
आफू सँग सबथोक हुँदा सबै जना आफ्ना हुने।
जब रित्तो भयो आफु, भाग्य हर्दै जान्छ अनी।
सोझो मनले सबैलाई आफ्नो मान्दै बस्दा पनि।
स्वार्थ हेर्छ पूरा गर्छ घात् गर्दै जान्छ अनि।
केही गरु केही बनु भनि अघि बढ्न खोजे।
माछो माछो भ्यागुतो झै बेला टर्दै जान्छ अनि।
जब आफ्नो मान्छे हरु, पर सर्दै जान्छ अनि।
पलाए का आशा पनि, त्यसै मर्दै जान्छ अनि।