Sunday, October 31, 2010

GAZAL

म नै नजिक आउन खोजे आफै पर सर्ने तिमि।
दिल को कुरा गर्न खोजे अर्कै कुरा गर्ने तिमि।।

मन भित्र का बेदना लाई धेरै धेरै सहि बसे।
बल्झिएको यो घाऊ मा नुन चुक छर्ने तिमि।।

मुटु भित्र तिम्रो तस्बिर लुकाएर राखेको थे।
चोखो माया होईन रैछ धनको लागि मर्ने तिमि।।

था' भएन के भएर तोडीगएउ यो नातालाई।
यो मन लाई पिडा हुँदा आँशु बनी झर्ने तिमि।।

म नै नजिक आउन खोजे आफै पर सर्ने तिमि।
दिल को कुरा गर्न खोजे अर्कै कुरा गर्ने तिमि।।