Monday, November 16, 2009

भेल रैछ

जिन्दगि त भन्नु मात्र बाढी सरि भेल हैछ.
कहिले हासो कहिले रुवाई रंगमंच को खेल रैछ.
आश मैले ठुलो गरे सब को साथ पाउदा खेरि.
त्यहिँ साथ भित्र पनि ठुलो झेल हुदो रैछ.
जिन्दगि त भन्नु मात्र बाढी सरि भेल हैछ.
आशा हरु तुहुदै गए मित्रता बन्धन टुट्यो
पैसा भए मात्र मित्रता को मेल हुदो रैछ.
जिन्दगि त भन्नु मात्र बाढी सरि भेल हैछ.
एक्लो छु आज म जिबन काट्न गाह्रो भयो
आफैलाई बुज्दा खेरि आफै जिबन जेल भैछ.
जिन्दगि त भन्नु मात्र बाढी सरि भेल हैछ.
कहिले हासो कहिले रुवाई रंगमंच को खेल रैछ.

Tuesday, November 10, 2009

गजल

रुवाउनु जति मलाई रुवायौ हासो तिम्ले लिएर जाऊ
छिया छिया भयो मुटु फर्की जादा सिएर जाऊ
अजम्बरी नाता हाम्रो टुट्ने छैन भंन्थ्यौ आफै
घटबड होला क्यारे धोका हिसाबकिताब लिएर जाऊ.
छिया छिया भयो मुटु फर्की जादा सिएर जाऊ
जनमजनम दिलको घरबार छोडी जान्न भंन्थ्यौ सधै
डेरा सर्यौ यो मन बाट अब भाडा दिएर जाऊ
छिया छिया भयो मुटु फर्की जादा सिएर जाऊ
अमर छ हाम्रो माया कहिँल्यै मर्न नपर्ने रे
मरिसके अब म त अमृत तिम्ले पिएर जाऊ
छिया छिया भयो मुटु फर्की जादा सिएर जाऊ....................

Saturday, November 7, 2009

देश को माया

त्यो दिन बिहान मलाई किन किन रमाइलो लागेको थियो किन कि म घुम्न को लागि नया ठाउँ मा जादै थिए। नया उत्साह र उमङ्ग ले मेरो मन छोएको थियो सायद मेरो नौलो ठाउँ को यात्रा भए को ले होला। नि म आफ्नो हात मुख धोएर फ्रेश भए अनि मेरो आमा ले खाना बनाउनु भए को खान खाए तर रुची भएन किन कि सायद बिहानै भए को ले होला।मलाई मैले खाना नखाएको भएर होला आमा ले मेरो लागि बाटोलाई नास्ता बनाएर झोलामा रखिदिनु भएको थियो ।त्यहि पनि अलिअली म खाना खाएर लुगा लगाएर हिडे।
बसपार्क मा पुगेर टिकेट काटेर आफ्नो सिट मा गइ बसे। अनि केहि छिन पछि गाडी को यात्रा प्रारम्भ भयो। मेरो सिट मा अर्को बुढो मानिस आएर बसे तर म त्यति ध्यान दिएको थिएन। तर पछि तिनी बुढो मानिस ले मलाई सोधे ''बाबु तिमि कहाँ"?अनि मैले आफ्नो उत्तर दिए "पोखरा"फेरी सोधे "क का लागि बाबु"? मैले छोटो उत्तर दिए "घुम्न" .त्यस पछी तिनी बुढो मानिस केहि छिन चुप लागे. ठिक त्यहि बेला गाडी मा यहाँ देश को छ चिन्ता तिमि माया माया भन्छौ भन्ने गीत बजिरहेको थियो.म त्यो गीत मा रमिरहेको थिए फेरी तिनी बुढो मानिस आफै बोले "मलाई यो गीत सार्है मन पर्छ किनकि मलाई देश को साह्रै माया लाग्छ"अनि तिनी मानिस केहि बोल्न लागेका थिए म बोलिहाले "मुख ले भनेर मात्र केहि हुदैन गरेर देखाउन सक्नुपर्छ] फेरी उनले भने "बाबु मैले यो तेसै भने को पनि होइन किन की मैले आफ्नो देश को लागि धेरै काम गरे को छु । म यो देश को आर्मी आर्मी थिए। मैले युद्ध म खुट्टा मा गोलि खाए को थिए भनेर त्यो गोलि लागे को ठाउँ देखाए र भने म आर्मी बाट रिटायर भएको २ वर्ष भयो अहिले मेरो छोरा पनि नेपाल आर्मी म भर्ति भए को छ म आहिले उसलाई नै भेट्न हिडे को हो.". अनि मलाई झन उसुकता बढेर आयो कसरि खुट्टा म गोलि लागे को हो भनेर र सोधिहाले "तपाई को खुट्टा मा कहाँ लड्न जादा गोलि लागे को हो त?" उनले बेलीविस्तार विस्तार लगाउन थाले."यो करिब ३ वर्ष पुरानो घटना हो जब येहा गृह युद्ध चलिरहेको थियो.ठिक तेसै बेला मेरो सरुवा पोखरा देखि रोल्पा म भयो. त्यहाँ को शान्ति सुरक्ष्या को लागि भनेर/ अनि म त्यहाँ पुगेको ठिक १ हप्ता पछी हमला हुने खबर हामीले पायौ सो हामी त्यश को तयारी मा लग्न थालयौ. अनि हामीले अरु सैनिक पनि माग गर्यौ.ठिक ५ दिन पछी एउटा समूह आयो त्यो सैनिक कम्ब्याट मा आए हामी सोच्यौ कि तिनी हरु हाम्रा साथी हरु हुन् भनेर तर ठिक उल्टो भयो त्यहाँ आतंककारी ले सैनिक पोसाक लगाएर हमला गर्न आए को रहेछ.तिनीहरु ले हाम्रो तयारी गर्न नपाउदा नै हमला गरे त्यसैले हाम्रा धेरै साथी हरु त्यस हमला मा सहिद भए."अनि फेरी मैले बीच मै सोधे अनि तपाई चाहि कसरि बच्नु भयो त?फेरी उनले भने "म भित्र को सुरक्ष्या को लागि खटिए को थिए जब गोलि को आवाज आयो तब म बाहिर आए त्यहाँ हेर्दा त मेरा सबै साथि हरु लडिरहे को थिए मा पनि तिनी हरु लाई हमला गर्न लागे को मात्र थिए गोलि मेरो खुट्टा मा लागेछ अनि त म उठदा मैले आफुलाई आस्पताल को बेड मा पाए, फेरी मैले उनलाई सोधिहाले"कसले तपाई लाई बेड मा लेराएको थाहा पाउनु भएन?" "मेरा पछी गए क साथि हरु ले लिएर आए को हुन् रे" उनि फेरी थप्दै गए मेरो खुट्टा ले काम गर्न नसक्ने भएर मलाई रिटायर चिठी दिइयो. तर मलाई दुख लागेको छैन किन कि मैले आफ्नो देश लाई केहि त दिए त्यहि पनि मेरो छोरा त आर्मी भए को छ मेरो सपना पुरा गर्न"उनले थपे.
ठिक त्यसै बेला गाडी को ब्रेक लग्यो.किन की अगाडि गाडी जाम भए को थियो । अनि उनले भने "अचकाल हिड्न पनि टायम मिलाएर हिड्न नहुने नत्र त टाइम मा गन्तब्य मा पुग्न नै गार्हो मैले पनि भने "आजभोली यस्तो आसन्ति छ जहिले पनि ठाउँ ठाउँ मा बन्द हुने साह्रै दु:ख भए को छ हिड्न पनि। "त्यति भन्न साथ तिनी मानिस किन गाडी जाम भएछ हेर्न जानु पर्यो भनि हिडे। म भने बस मा आमा ले बनाएको को खाना खान थालेकेहि बेर आरम गरे पछी मलाई पनि अल्छी लग्यो र बस बाट झरे र सरासर अगाडी गए केहि पर पुग्ने बित्तकै मैले रोए को आवाज सुने। हतार हतार मा त्यो आवाज आएको ठाउमा गए.. अनि मैले त्यहि भए को आर्मी लाई सोधे के भए को हो त्यहा तब तिनले भने यहाँ आज करिब ५०० मिटर अगाडि आर्मी र सर्बसाधारण चढेको बस बिद्धुतीय धराप मा परेर 20 जना को मृतु र ५० जना घाइते भएछन। त्यो सुनेर मलाई सार्है नरमाइलो लाग्यो.रुवाइ को कोलहाल ठुलै थियो। जहाँ मैले एउटा बुढो मनिस लाई पनि देखे। जुन मानिस ले मलाई आफ्नो छोरा को बारेमा कथा सुनेरहेका थिए उनैको छोरा धराप मा परेछन.अनि मेरो मन मा एक परकार को हुरी चल्न थाल्यो किन यो आसन्ति भैरहेको छ यो देश मा?हामीलाई संसार ले बुद्ध को देश सगरमाथा भए को देश त स्वोर्ग जस्तो देश भनेर चिन्छ तर हाम्रो देश मा किन दाजु भाई लडिरहेका छन्? किन रगत को खोला बगाउन थालेका हुन्? यिनिहरु के पाउछन यो गरेर? सधै निर्दोष जनता मात्र मर्नु पर्ने? अनि मलाई लाग्यो हामी किन हाम्रो फरक झन्डा लाई झुकाउन लागि परेका छौ?अनि लग्यो होइन हामी सबै शान्ति चाहन्छौ तर केहि समूह ले हाम्रो अशन्ती र अस्थिरता हेर्न चाहन्छ.हाम्रो झन्डा झुके को हेर्न चाहन्छ अनि दाइ भाई लाइ लडाएर आफ्नो कब्जा गर्न चाहन्छ
त्यसैले हामी सबै मिलेर शान्ति लेराउन पर्छ.सबैलाई फेरी चिनाउनु पर्छ कि नेपाल सधै शान्ति रहन्छ
मेरो मन मा येस्तई कुरा खेल्दै थियो सोहि बेला गाडी को हर्न बज्यो.मा झसङ्ग भए तर सैनिक आएर बाटो खुलाएर गाडी को लागि बाटो बनाएछ
साचै त्यो दिन मलाई एउटा अबस्मरनिय दिन र एउटा नया कुरा सिक्ने दिन बन्यो देश लाई माया गर्छु भनेर मात्र केहि हुदैन बरु केहि गरे र धेखौना सक्नु पर्छ. सायद तिनी बुडो मानिस नभेटे को भए मेरो जीवन मा एस्तो परिबर्तन हुदैन थियो होला.मा सम्घिरंछु तिनलाई नै गरिरहन्छु देश को माया.......

हेरियेछ

कलकलाउदो जोबन मेरो कुद्रिस्टि ले हेरिएछ।
सुख पाउने आश मा बस्दा झन समस्या ले घेरिएछ।
सपना त मैले ठुलो देखे तिमि संग जिउला भनि।
विश्वास मैले तिम्लाई गरे तिम्रो मन त फेरिएछ।
सधै तिम्रो साथ दिन्थे तिम्ले सहयोग माग्दा खेरि।
आज तिम्रो हृदय बाट मेरो नाम केरिएछ।
कलकलाउदो जोबन मेरो कुद्रिस्त्री ले हेरिएछ।
सुख पौने आश मा बस्दा झन समस्या ले घेरिएछ।
लहरा झैँ तिम्रो याद ले मेरो मन बेरिएछ।