Monday, November 16, 2009

भेल रैछ

जिन्दगि त भन्नु मात्र बाढी सरि भेल हैछ.
कहिले हासो कहिले रुवाई रंगमंच को खेल रैछ.
आश मैले ठुलो गरे सब को साथ पाउदा खेरि.
त्यहिँ साथ भित्र पनि ठुलो झेल हुदो रैछ.
जिन्दगि त भन्नु मात्र बाढी सरि भेल हैछ.
आशा हरु तुहुदै गए मित्रता बन्धन टुट्यो
पैसा भए मात्र मित्रता को मेल हुदो रैछ.
जिन्दगि त भन्नु मात्र बाढी सरि भेल हैछ.
एक्लो छु आज म जिबन काट्न गाह्रो भयो
आफैलाई बुज्दा खेरि आफै जिबन जेल भैछ.
जिन्दगि त भन्नु मात्र बाढी सरि भेल हैछ.
कहिले हासो कहिले रुवाई रंगमंच को खेल रैछ.

No comments:

Post a Comment