Tuesday, November 10, 2009

गजल

रुवाउनु जति मलाई रुवायौ हासो तिम्ले लिएर जाऊ
छिया छिया भयो मुटु फर्की जादा सिएर जाऊ
अजम्बरी नाता हाम्रो टुट्ने छैन भंन्थ्यौ आफै
घटबड होला क्यारे धोका हिसाबकिताब लिएर जाऊ.
छिया छिया भयो मुटु फर्की जादा सिएर जाऊ
जनमजनम दिलको घरबार छोडी जान्न भंन्थ्यौ सधै
डेरा सर्यौ यो मन बाट अब भाडा दिएर जाऊ
छिया छिया भयो मुटु फर्की जादा सिएर जाऊ
अमर छ हाम्रो माया कहिँल्यै मर्न नपर्ने रे
मरिसके अब म त अमृत तिम्ले पिएर जाऊ
छिया छिया भयो मुटु फर्की जादा सिएर जाऊ....................

1 comment: