Monday, February 13, 2012

GAZAL



जीवन त म हारेको छैन।
एक थोपा आँशु झारेको छैन।
दु:ख त मेरो परिचय भो।
त्यै पनि मन मारेको छैन।


चोट त छ... म भित्र भित्र।
रुन त तिम्लाइ पारेको छैन।
पस्नु है घर यै बाटो हिड्दा।
आगन त मैले बारेको छैन।


यो भन चाहे त्यो भन तिमि।
कुरा त तिम्रो टारेको छैन।
जीवन त म हारेको छैन।
एक थोपा आँशु झारेको छैन।

No comments:

Post a Comment