Friday, May 6, 2011

आमा


सानो छ्दा लड्न खोजे हात तिम्ले दिन्थ्यौ आमा।
गल्ति मैले गर्दा पनि दोश आफै लीन्थ्यौ आमा।।

मलाई भोक लाग्यो भनि तिमी सँग कराउदा।
नखाइ नखाइ भए पनि मलाई खान दिन्थ्यौ आमा।।

अनयासै आसु बग्छ बिगत् का ती कुरा सम्झि।
बजार घुम्न जादा मैले जे भनेनी किन्थ्यौ आमा।।

न त तिम्रो माया बुझे जब तिम्रो नजिक थिए।
गाली गर्थे रिसाउथेँ तर मलाई चिन्थ्यौ आमा।।

सानो छ्दा लड्न खोजे हात तिम्ले दिन्थ्यौ आमा।
गल्ति मैले गर्दा पनि दोश आफै लीन्थ्यौ आमा।।






No comments:

Post a Comment