Thursday, May 12, 2011

GAZAL


जति सक्छौ लुट तिमी, लुट्ने को देश हो यो।
आफू फुट फूटाउ तिमी, फुट्ने को देश हो यो।

बिर्सिदेउ बुद्ध का ति शान्ति दिने ज्ञान हरु।
अरु कुट्छन कुट तिमी, कुट्ने को देश हो यो।

अपराधी खुलेयाम छ पर्ने सधैं निर्दोस जेल मा।
कालो धन्दा गर तिमि, दोशी छुट्ने देश हो यो।

कमाउनु छ पैसा भने राम्रो बाटो छोडिदिनु।
समुह मा जानु तिमि, ग्याङ जुट्ने देश हो यो।

जति सक्छौ लुट तिमी, लुट्ने को देश हो यो।
आफू फुट फूटाउ तिमी, फुट्ने को देश हो यो।

No comments:

Post a Comment