आमा तिमी कति रुन्छौ अब मलाई रुन देउ।
कहिले टाढा भाग्ने छैन तिम्रो पाऊ छुन देउ।
तिम्रो काख् मा जन्मे हुर्के तिम्रै काख् मा मर्छु बरु।
तिमी सँग यो भिख माग्छु एही एउटा गुन देउ।
दु:ख गर्छु यो माटोमा सुख बरु चहिदैन।
भन्ने छैन अब मलाई त्यो आकाश को जुन देउ।
यो रगत यो पसिना तिम्रै लागि समर्पित छ।
माफ माग्छु तिमी सँग बिन्ती तिम्रै हुन देउ।
कोसिस गर्छु ल्याउनलाई मुस्कान तिम्रो मुहारमा।
अब गल्ती गर्ने छैन मौका मलाई पुन देउ।
आमा तिमी कति रुन्छौ अब मलाई रुन देउ।
कहिले टाढा भाग्ने छैन तिम्रो पाऊ छुन देउ।
sachhi ramro chha
ReplyDeletegood poem
ReplyDelete