Saturday, December 4, 2010

GAZAL

आकाश छानो ओछ्यान जमिन ठुलै घर पाएको छु।
तिमी फाल्छौ भोक लाग्छ त्येसैलाई म खाएको छु।

छैन लुगा छैन चप्पल बोरा साथी बनेकै छ।
सडक छेउमै सुती दिन्छु खाते नाम ले छाएको छु।

न त मेरो आफ्नो नाम छ न त कुनै परिचय।
मात्र एउटा साथी मेरो उसैलाई प्रित लाएको छु।

सुन्दैन कोइ मेरो चित्कार आवाज सानो भयो की त?
दुख्छ घाऊ पोल्छ मुटु पिडा को गीत गाएको छु।

आकाश छानो ओछ्यान जमिन ठुलै घर पाएको छु।
तिमी फाल्छौ भोक लाग्छ त्येसैलाई म खाएको छु।

No comments:

Post a Comment