Friday, February 25, 2011

GAZAL


दु:ख पिडा लुकाएर मैले हास्नु पर्ने किन?
पल पल तिम्ले चोट दिदा मैले बाच्नु पर्ने किन?

समयको खेल भनु की दैबको यो ठुलो झेल।
तिम्ले मुटु चुडाउदा मैले गास्नु पर्ने किन?

यो गर् भनेउ त्यो गर् भनेउ सबै मैले मानेको थे
सधैं भरी कत्पुतली झै मैले नाच्नु पर्ने किन?

जान भन टाढा बरु कहिल्यै सामु नपरुला।
तिम्रो खुशी देख्न मुटु मैले तास्नु पर्ने किन?

दु:ख पिडा लुकाएर मैले हास्नु पर्ने किन?
पल पल तिम्ले चोट दिदा मैले बाच्नु पर्ने किन?

No comments:

Post a Comment